PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

#मिटूले चर्चामा रहेकी तनुश्रीको 'मिसन' पूरा, फर्किँदै अमेरिका



पहिलोपोस्ट

#मिटूले चर्चामा रहेकी तनुश्रीको 'मिसन' पूरा, फर्किँदै अमेरिका

'मिटू मुभमेन्ट' मार्फत अभिनेता नाना पाटेकर विरुद्ध यौन दुर्व्यवहारबारे बोलेर बलिउडमा तहल्का मच्चाएकी अभिनेत्री तनुश्री दत्त अमेरिका फर्केने तयारीमा छिन्। दशकअघि भएको यौन दुर्व्यवहारबारे उनले बोलेपछि बलिउडका अन्य महिलाहरुले दुर्व्यवहारबारे मुख खोलेका छन्।

तनुश्रीले सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’को छायाँकनको क्रममा नानाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्। उनले गत अक्टोबरमा नाना विरुद्ध उजुरीसमेत गरिन्। बिदा मनाउन भारत पुगेकी उनी बिदाले देशमा  केही परिवर्तन ल्याएको बताउँछिन्।  उनले भनिन् 'दुर्व्यवहारबारे सबैले बोल्न थालेका छन्। समाजको यस्तो कुरा बाहिर आउन जरुरी छ।'

उनले फिल्म नगरेको धेरै भइसक्यो। उनी अमेरिकामा नै सेटल हुने तयारीमा रहेको द हिन्दुस्तान टाइम्समा उल्लेख छ। अहिलेसम्म बलिउड इन्डस्ट्रीका कैलाश खैर, सुवास घाई, विकास बल, आलोक नाथ र रजत कपुर मिटू मुभमेन्टको सिकार भएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell