PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

निर्मला हत्या प्रकरण : अनुसन्धानका क्रममा निर्दोषलाई यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी



एम बम

निर्मला हत्या प्रकरण : अनुसन्धानका क्रममा निर्दोषलाई यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी

कैलाली : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरवाही गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको छ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र निर्मला हत्याका अभियुक्त भन्दै सार्वजनिक गरिएका दीलीपसिंह विष्टका दाजु खड्ग विष्टले निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने र अनुसन्धानका क्रममा निर्दोषलाई यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै जाहेरी दिएका हुन्।
 
निर्मलाकी आमा र दिलीपसिंह विष्टका दाजु दुवैले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए। 
निर्मलाकी आमा दुर्गा देवीले बर्खास्तीमा परेका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीलगायतमाथि प्रमाण नष्ट गरेको भन्दै जाहेरी दर्ता गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell