PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

संघीयता कार्यान्वयनको टाइमलाइन तय : वित्त आयोग गठन हुँदै



बीपी साह

संघीयता कार्यान्वयनको टाइमलाइन तय : वित्त आयोग गठन हुँदै

काठमाडौं : अन्तरप्रदेश परिषद्को बैठकले संघीयता कार्यान्वयन सम्बन्धमा टाइमलाइन तय गरेको छ। यसअघि बसेको परिषद्को बैठकले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको थियो। उक्त समितिले पेस गरेको प्रतिवेदन पारित गर्दै टाइमलाइन तय गरिएको हो।
 
प्रतिवेदनका अनुसार पुस मसान्तभित्र प्रदेश वित्त आयोग गठन, कर्मचारी समायोजन लगायतका काम हुनेछ भने माघभित्र प्रदेश अधिकारको सूची तथा जिम्मेवारी बाँडफाँडको काम हुनेछ।

बैठक पछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको जानकारी अनुसार पुस मसान्तभित्र प्रदेश वित्त आयोग गठन भइ काम अगाडि बढाइनेछ।
 
प्रतिवेदन तयार पार्ने समितिका सदस्यसमेत रहेका मुख्यमन्त्री राउतले प्रदेश लोकसेवा आयोग गठन नभएसम्मका लागि लोकसेवा आयोगबाटै विशेष व्यवस्था गरी पदपूर्ति प्रक्रिया अगाडि बढ्ने बताए।
 
मुख्यमन्त्री राउतका अनुसार थप छलफलको आवश्यकता देखिएकोले पुनः बैठक बस्ने छ।

पहिलोपटक मंसिर २३ र २४ गते अन्तरप्रदेश परिषद्को बैठक बसेको थियो। उक्त बैठकले समस्या र समाधानका लागि प्रतिवेदन तयार पार्न पाँच सदस्यीय समिति बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell