PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान, पुस ११ गते ४ बजेलाई बोलाइयो



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान, पुस ११ गते ४ बजेलाई बोलाइयो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवशेन आह्वान गरेकी छिन्। 

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस नोटका अनुसार पुस ११ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरिएको हो।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्।

संसद भवन मर्मतको कार्य भइरहेको भन्दै अधिवेशन आह्वानमा ढिलाई भएको कानूनमन्त्री भानुभत्त ढाकालले बताएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकका कारण पनि अधिवेशन बोलाउन ढिलाइ भएको थियो।

विधेयक अधिवेशनसमेत भनिने गरेको यस अधिवेशनमा मुख्यतः कानून निर्माणका कार्य अगाडि बढाइनेछ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, नागरिकता विधेयकलगायतका विधेयकहरु विचारधीन छन् जसलाई यसै अधिवेशनबाट टुंग्याउने अपेक्षा लिइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell