PahiloPost

Jun 24, 2026 | १० असार २०८३

म्यानचेष्टर युनाइटेडका व्यवस्थापक जोसे माउरिन्हो बर्खास्त



पहिलोपोस्ट

म्यानचेष्टर युनाइटेडका व्यवस्थापक जोसे माउरिन्हो बर्खास्त

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले व्यवस्थापक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ। माउरिन्होको प्रशिक्षणमा क्लबले निरन्तर खराब प्रदर्शन गरेको भन्दै युनाइटेडले मंगलवार उनलाई बर्खास्त गरेको हो।

युनाइटेडले ६६ शब्दको स्टेटमेन्ट जारी गर्दै माउरिन्होले क्लब छाडेको जनाएको हो।

५५ वर्षीय पोर्चुगिज माउरिन्होल सन् २०१६ मे मा युनाइटेडको व्यवस्थापक नियुक्त भएका थिए। त्यसयता उनले क्लबलाई लिग कप र युरोपा लिगको उपाधि जिताएपनि प्रिमियर लिगको उपाधि जिताउन सकेनन्। यस सिजन युनाइटेड लिग लिडर लिभरपुल भन्दा १९ अंकले पछाडि छ र अंकतालिकामा छैटौँ स्थानमा छ।

माउरिन्होको समयमा क्लबले चार सय मिलियन पाउण्ड खर्च गर्दै ११ खेलाडी भित्र्याएपनि नतिजा दिन नसकेकपछि क्लबले परिवर्तन चाहेको हो।

प्रिमियर लिगको पछिल्लो खेलमा युनाइटेड लिभरपुलसँग ३-१ ले पराजित भएको थियो।

माउरिन्होलाई बर्खास्त गर्ने निर्णयपछि क्लबले उनलाई १८ मिलियन भन्दा बढी रकम दिने भएको छ।

यस्तै युनाइटेडले यस सिजनको अन्त्यसम्मको लागि नयाँ कार्यवाहक प्रशिक्षक नियुक्त गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell