PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

इपीएल : ललितपुरका सन्नी पटेललाई कारवाही, म्याच फि को ७५ प्रतिशत जरिवाना



पहिलोपोस्ट

इपीएल : ललितपुरका सन्नी पटेललाई कारवाही, म्याच फि को ७५ प्रतिशत जरिवाना

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग इपीएल खेलिरहेको ललितपुर प्याट्रिओट्सका विदेशी खेलाडी सन्नी पटेललाई आयोजकले कारवाही गरेको छ।

इपीएल अन्तर्गत मंगलवार काठमाडौँ कंगस ११ विरुद्धको खेलमा अम्पायरको निर्णयप्रति असन्तुष्ठि जनाएको भन्दै भारतीय खेलाडी पटेललाई कारवाही गरेको आयोजक इपीएल प्रालीले जनाएको छ।

उनलाई खेलको नियमविपरित कार्य गरेको भन्दै आयोजकले म्याच फि को ७५ प्रतिशत जरिवाना लगाइएको छ। यस्तै उनको ३ अंक घटेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell