
काठमाडौँ : कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काम गर्दै दुई दशक भन्दा बढी समय बिताएका बलदेव मण्डल लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।
एभरेष्ट प्रिमियर लिग इपीएलको आयोजक संस्था इपीएल प्रालीले मंगलवार मण्डललाई उक्त अवार्ड प्रदान गरेको हो।
मण्डलले २१ वर्षदेखि टीयू मैदानको ग्राउण्ड मेम्मबरको रुपमा काम गर्दै आएका छन्। उनलाई आयोजक इपीएल प्रालीका म्यानेजिङ डिरेक्टर आमिर अख्तरले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरे। यसैगरी आयोजकले नगद २५ हजारको चेक पनि मण्डनलाई प्रदान गरेको छ।
गत वर्ष आयोजकले क्रिकेट अम्पायर शिरिष उपाध्यायलाई यो अवार्ड प्रदान गरेको थियो।