PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

आइपीएल अक्सन : जयदेव र अनक्याप्ड बरुण सबैभन्दा महँगा



पहिलोपोस्ट

आइपीएल अक्सन : जयदेव र अनक्याप्ड बरुण सबैभन्दा महँगा

इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को लागि मंगलवार भएको अक्सनमा भारतीय खेलाडीद्वय जयदेव उनाडकाट र बरुण चकरवर्ती सबैभन्दा महँगा खेलाडी बनेका छन्। जयदेवलाई राजस्थान रोएल्सले तथा बरुणलाई किंग्स ११ पञ्चावले समान ८ करोड ४० लाखमा खरिद गरेको हो। यस्तै पञ्जावले ७ करोड २० लाखमा खरिद गरेको इंगल्याण्डका अलराउण्ड साम कुरान विदेशीतर्फ महँगा बने।

यसबाहेक दिल्ली क्यापिटल्सले दक्षिण अफ्रिकाका कोलिन इनग्रामलाई ६ करोड ४० लाखमा अनुबन्ध गर्दा कोलकता नाइट राइडर्सले वेष्ट इन्डिजका कार्लोस ब्रेथवेइट, दिल्लीले भारतका अक्सर पटेल, चेन्नाई सुपर किंग्सले भारतका मोहित शर्मा र रोएल च्यालेन्जर्स बैंगलोरले भारतकै शिवम दुबेलाई समान ५ करोडमा खरिद गरे।

यसैगरी मुम्बई इन्डियन्सले लासिथ मालिंगालाई बेस प्राइज २ करोड र युवराज सिंहलाई ब्रेस प्राइज १ करोडमा अनुबन्ध गरेको छ।

यस सिजन न्यूजिल्याण्डका ब्रेण्डन म्याकुलम र कोरे एन्डरसन, इंग्ल्याण्डका एलेक्स हाल्स र क्रिस वोक्स, दक्षिण अफ्रिकाका हासिम अमला, डेल स्टेन रमवर्ने मोर्केल, श्रीलंकाका एन्जेलो म्याथ्युज, अष्ट्रेलियाका एडम जाम्पा, उसमान खवाजा र जेम्स प्याटिनसन बिकेनन्।

नयाँ सिजनको लागि सहभागि फ्रेन्चाइजहरुले चाहेजती खेलाडीहरु गत सिजनकै रिटेन गर्न पाउने भएकाले यस पटक अक्सनमा धेरै खेलाडी खरिद भएन।

भारतको जयपुरमा भएको मिनि अक्सनमा ३५१ रजिस्टर खेलाडीमध्ये ५० खेलाडी मात्रै बिक्रि भए। जसमा २० खेलाडी भारत बाहिरका थिए। यी खेलाडीका लागि कूल १ अर्ब ६ करोड ८० लाख खर्च भयो।

अक्सनले किंग्स ११ पञ्जावले सबैभन्दा धेरै १३ खेलाडी खरिद गर्दा साविक विजेता चेन्नाईले २ खेलाडी मात्र किने। यस्तै दिल्लीले १०, राजस्थान र बैंगलोरले ९-९ तथा कोलकताले ८ खेलाडी खरिद गरे। मुम्बईले ६ तथा सनराइजर्स हैदरवादले ३ खेलाडी किने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell