PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

इएफएल कप : लेस्टरलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटी फाइनलमा



पहिलोपोस्ट

इएफएल कप : लेस्टरलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटी फाइनलमा

लेस्टर सिटीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटी इंग्लिस लिग कप (इएफएल) को सेमिफाइनलमा प्रवेश गरेको छ।

लेस्टरको घरेलु मैदानमा भएको खेलमा निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१गोल भएपछि पेनाल्टीबाट नतिजाको छिनोफाने गरिएको हो।

घरेलु मैदानमा लेस्टरका तीन खेलाडी पेनाल्टीमा गोल गर्न चुके। म्यानचेष्टर सिटीका लागि इकाए गोन्डोगोन, गाब्रिएस जेसस र जिनचेन्कोले गोल गरे। लेस्टरका लागि ह्यारी मगुइरेले मात्र गोल गरे। लेस्टरका क्रिस्टियन फुच, जेम्स म्याडिसन र कार्लर सोएन्चुले गोल गर्न सकेनन्। म्यानचेष्टर सिटीका रहिम स्टर्लिङले पनि पेनाल्टीमा गोल गर्न सकेनन्।

सिटीका २० वर्षीय गोलकिपर अरिजानेट मुरिकले लेस्टरका दुई खेलाडीको पेनाल्टी रोकेका थिए।

त्यसअघि १४औँ मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाए पनि ७०औँ मिनेटमा मार्क अलब्रिङगटनले लेस्टरका लागि बराबरी गोल फर्काएका थिए।

यसैगरी मिडल्स्ब्रोलाज्ञ १-० ले पराजित गर्दै लिग वान क्लब ब्रुटन अल्विओन पनि सेमिफाइनल प्रवेश गरेको छ। ब्रुटनका लागि जेस हेतकेथले ४८औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।

लिग कपको बाँकी दुई क्वाटरफाइनलमा बर्सनल र टोटनहम तथा चेल्सी र बर्नमाउथबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell