PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

इपीएल : क्वालिफायर्स पुग्नका लागि भिड्दै भैरहवा र चितवन



पहिलोपोस्ट

इपीएल : क्वालिफायर्स पुग्नका लागि भिड्दै भैरहवा र चितवन

काठमाडौँ : साविक उपविजेता भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सले लागि यस सिजनको एभरेष्ट प्रिमियर लिग (इपीएल)मा फरक किसिमले प्लेअफ यात्रा तय गरेका थिए।

गत सिजन अन्तिम भएको चितवनले यस सिजन शीर्ष चारमा रहँदै प्लेअफमा स्थान बनाउन साविक विजेता विराटनगर र काठमाडौँ बीचको लिग चरणको अन्तिम खेल कुर्नुपर्‍यो। उक्त खेलमा काठमाडौँले विराटनगरलाई १८ ओभर भित्र पराजित गरेमात्र चितवन चौथो हुँदै प्लेअफ पुग्थ्यो अन्यता चितवन बाहिरिने थियो। ठिक त्यसै भयो। चितवन भाग्यमानी बन्यो।

उक्त खेल हारेको विराटनगरलाई झिनो अन्तरले रनरेटमा पछि पार्दै चितवनले प्लेअफको यात्रा तय गर्‍यो।

भैरहवाले सुरुवात तीन लिग लगातार जित्दै प्लेअफमा स्थान बनाउने पहिलो टिम बनेको थियो। तर त्यसपछिका दुई खेलमा ललितपुर र काठमाडौँसँग पराजित भएपछि भैरहवा ५ खेलबाट ६ अंक जोड्दै तेस्रो भयो र एलिमिनेटर खेल्नुपर्‍यो।

उता लगातार तीन खेल हारेको चितवनले पछिल्लो दुई खेलमा उत्कृष्ट कमब्याक गर्दै जित हात पार्‍यो। चितवनले विराटनगर र पोखरा राइनोजलाई पराजित गर्दै ४ अंङ्क जोडेको थियो।

यही भैरहवा र चितवन इपीएलको दोस्रो क्वालिफायर्समा पुग्नको लागि एलिमिनेटरमा आज  खेल्दैछन्। खेल कीर्तिपुरस्थित टीयू मैदानमा १२:४५ बजे सुरु हुनेछ।

यस खेलको विजेताले फाइनल प्रवेशका लागि क्वालिफयर्समा काठमाडौँ किंग्स ११ सँग खेल्नेछ। पहिलो क्वालिफायर्समा काठमाडौँलाई हराउँदै ललितपुर फाइनल पुगिसकेको छ।

लिग चरणमा भैरहवाले चितवनलाई १२ रनले पराजित गरेको थियो। चितवन त्यस हारेको बदला लिने दाउमा छ भने भैरहवा त्यसलाई निरन्तरता दिने लक्ष्यमा छ।

भैरहवा शरद भेषावकरको तथा चितवन पृथु बास्कोटाको कप्तानीमा मैदान उत्रनेछ। भैरहवाका लागि यस सिजन एक मात्र शतक प्रहार गरेका भारतीय खेलाडी रवी इन्दर सिंह सँगै डच खेलाडी राएन टेन डेसकाटे र युएईका बलर मोहम्मद नाभिदले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

उता चितवनका लागि पनि विदेशी खेलाडीहरु पउल स्ट्रलिङ, जर्ज स्कट र जोन सिक्पसनले राम्रो खेलिरहेका छन्। यस सिजन नेपाली खेलाडीमा सबैभन्दा धेरै रन बनाउनेमा अगाडी रहेका दिपेन्द्र सिह ऐरीले पनि चितवनका लागि राम्रो ब्याटिङ गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell