PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

नेपालले दोस्रो ओडिआई सिरिज युएईसँग खेल्ने !



पहिलोपोस्ट

नेपालले दोस्रो ओडिआई सिरिज युएईसँग खेल्ने !
FILE PHOTO : ACC

काठमाडौँ : नेपालको राष्ट्रिय क्रिकेट टिमले दोस्रो वान डे इन्टरनेशनल (ओडिआई) सिरिज युएई सँग खेल्ने भएको छ।

गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा उत्कृष्ट तीन एसोसिएट भित्र पर्दै पहिलो पटक ओडिआई स्ट्याटस पाएको नेपालले अगष्टमा नेदरल्याण्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो। उक्त सिरिजमा नेपालले एक खेल जित्दै सिरिज १-१ को बराबरीमा सकाएको थियो।

त्यसको झण्डै पाँच महिनापछि नेपालले दोस्रो ओडिआई सिरिज खेल्न लागेको हो। नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटाले यस बारेमा भोली बेलुकासम्म निर्णय हुने जानकारी दिए। टमाटाका अनुसार नेपालले दुई खेलको ओडिआई सिरिज र दुई खेलको टी-२० इन्टरनेशनल सिरिज खेल्ने सम्भावना छ।

नेपालले कति खेल खेल्ने र खेलको मितिको बारेमा आइसीसीबाट इमेल प्राप्त भएपछि निर्णय हुनेछ। हाल नेपाली खेलाडीहरु काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग इपीएल खेलिरहेका छन्।

जिम्मबावेमा ओडिआई स्ट्याटस पाएपछि ९ महिनाको अवधीमा नेपालले अहिलेसम्म ३ तीन ओडिआई म्याच खेलेको छ। जसमा नेदरल्याण्ड्स विरुद्ध दुई तथा युएई विरुद्ध एक खेल रहेको छ। एसिया कप छनोटमा नेपाल र युएईबीचको खेलले ओडिआई स्ट्याटस पाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell