PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

अब निर्देशनमा दयाहाङ राई



पहिलोपोस्ट

अब निर्देशनमा दयाहाङ राई

काठमाडौं : अभिनेता दयाहाङ राईले फिल्म निर्देशन गर्ने अपुष्ट हल्ला फिल्म क्षेत्रका लागि नौलो विषय थिएन। तर, उनी आफैले भने फिल्म निर्देशन गर्ने जानकारी दिएका थिएनन्।

लगातार अरुको निर्देशनमा सट दिन व्यस्त रहेका उनी अब भने फिल्म निर्देशन गर्ने मूडमा देखिन्छन्। हालै एक कार्यक्रममा उनले फिल्म निर्देशन गर्ने घोषणा गरेका छन्।

उनले भने 'पहिला एक्टर भन्दा पनि निर्देशक बन्ने सोच थियो। तर, मसँग त्यो भन्दा बढी क्षमता अभिनयमा रहेछ। त्यही कारणले होला फिल्म निर्देशन गर्ने हुटहुटी अहिलेसम्म छ। निर्देशन गर्ने क्षमता नपुगेको हो कि? अथवा निर्देशन गर्न सक्ने विषय  भेटेको छैन। निर्देशन गर्छु तर कहिले गर्छु त्यो थाह छैन।' 

नाटक निर्देशनमा भने उनी सक्रिय रहेका छन्। झ्यालिञ्चा, क्लब सेभेन र जालिनी उनको निर्देशनमा मञ्चन भएका पछिल्ला नाटकहरु हुन्।

उनी अभिनित 'साइँली', 'निरफूल', 'जात्रै जात्रा', 'आप्पा' र 'दयारानी' प्रदर्शनको तयारीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell