
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधवार भएको खेलमा नेपाल पुलिसले ब्रिगेड ब्वाइजसँग अंक बाँडेको छ।
खेलको तेस्रो मिनेटमै गोल खाएको पुलिसले ब्रिगेडसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो।
एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा तेस्रो मिनेटमै रितिक खड्काले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको पुलिसले दोस्रो हाफमा गोल फर्काएको हो।
७५औँ मिनेटमा हेम तामाङको पासमा अभिषेक रिजालले पुलिसका लागि बराबरी गोल गरे।
यस सिजन पुलिसको यो तेस्रो बराबरी हो। बराबरीपछि ९ खेलबाट १५ अंक जोडेको पुलिस पाँचौ स्थानमा यथावत छ।
लिगमा आजै तेस्रो स्थानको थ्री स्टार र चौथो स्थानको त्रिभुवन आर्मीबीच खेल हुँदैछ।