
काठमाडौं : डेनमार्कस्थित गैह्रसरकारी संस्था डिसिएले लगभग ७० लाख लागत को 'पानी शुद्धिकरण उपकरण’ (वाटर ट्रिटमेन्ट युनिट)’ सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको छ।
२०७२ सालको भूकम्पबाट प्रभावितको सहयोगका लागि यी उपकरण डिसिएले नर्वेजियन सरकारको सहयोगमा नेपाल ल्याएको थियो। यस्ता विपदसँगै झाडा पखाला, हैजा रोगको संक्रमण हनुसक्ने भएकाले उपकरण सहयोगी हुने डिसिए नेपाल का इन्जिनियर पवित्र गुरुङले बताए। 'यसले धमिलो तथा किटाणुयुक्त पानीलाई शुद्धिकरण गरेर पिउन योग्य बनाउँछ,' उनले भने। डिसिए नेपालका इन्जिनियरहरुले सशस्त्र बलका प्राविधिकलाई यसबारे तालिम समेत दिएका थिए।
सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा भट्टराईले यसले विपदको बेला ठूलो सहयोग हुने बताए।