PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

टीयू मैदानमा मनीषा कोइरालाको पाँच पोज, भैरहवा र चितवनको खेल हेरेपछि के भनिन्?

टीयू मैदानमा मनीषा कोइरालाको पाँच पोज, भैरहवा र चितवनको खेल हेरेपछि के भनिन्?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : अभिनेत्री मनीषा कोइराला बुधवार कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ हेर्न पुगिन्। उनले भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीच भएको एलिमिनेटर खेल हेरिन्।

खेलपछि मनीषाले टीयू मैदानमा परिक्रमा गर्दै दर्शकलाई अभिवादन गरिन्। त्यसपछि नेपाल र भारत दुवै देशमा फिल्म खेलिसकेकी यी अभिनेत्रीले सञ्चारकर्मीसँग आफ्नो भनाई राखिन्। उनले भैरहवा र चितवनबीचको खेल हेरेर मज्जा लिएको बताइन्। यस्तै कुनै टिम किन्ने चाहना छ भन्ने प्रश्नमा उनले 'अहिले त्यस्तो छैन' भनिन्।

उनले गत सिजन पनि टीयू मैदानमा गएर खेल हेरेकी थिइन्। आगामी शनिवार इपीएलको फाइनल हुँदैछ। फाइनल हेर्ने चाहना भएपछि त्यो समयमा पोखरामा हुने लिटरेचर फेस्टिभलमा जानुपर्ने उनले बताइन्। फेस्टिभलको पहिलो दिनै शनिवार मनीषाको पुस्तक हिल्डको विमोचन हुँदैछ।

 



ट्रेन्डिङ पोस्ट

Ncell