
काठमाडौँ : कीर्तिपुरस्थित टीयू मैदानमा भइहरको एभरेष्ट प्रिमियर लिग अन्तर्गत बिहीवार हुने दोस्रो क्वालिफायर्सको समय परिवर्तन भएको छ।
आयोजकले उपलब्ध गराएको नयाँ समय तालिका अनुसार काठमाडौँ किंग्स ११ र भैरहवा ग्लाडिएटर्सबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ।
यसअघि लिग चरणमा दुई खेल हुँदा दोस्रो खेल १ बजे सुरु भएको थियो। यस्तै प्लेअफका दुई खेलहरु भने पौने १ बजे सुरु भएको थियो।
आयोजक प्राविधिक कारणले गर्दा काठमाडौँ र भैरहवाबीचको खेल समय परिवर्तन गरेको जनाएको छ।
यस खेलको विजेता फाइनल प्रवेश गर्नेछ र उपाधिका लागि ललितपुर प्याट्रिओट्ससँग खेल्नेछ।