PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

इएफएल कप : आर्सनललाई हराउँदै टोटनहम अन्तिम चारमा, हाजार्डको निर्णायक गोलमा चेल्सी विजयी



पहिलोपोस्ट

इएफएल कप : आर्सनललाई हराउँदै टोटनहम अन्तिम चारमा, हाजार्डको निर्णायक गोलमा चेल्सी विजयी

लण्डन क्लबद्वय टोटनहम हट्सपर र चेल्सी इंग्लिस लिग कप (इएफएल) को सेमिफाइनलमा प्रवेश गरेका छन्।

टोटनहमले लण्डनकै अर्को क्लब आर्सनललाई २-० ले र चेल्सीले बर्नमाउथलाई १-० ले हरायो।

अब फाइनल प्रवेशका लागि टोटनहम र चेल्सीबीच भिडन्त हुनेछ। अर्को सेमिफाइनल खेल म्यानचेष्टर सिटी र ब्रुटन अल्विओनबीच हुनेछ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा टोटनहमले दुवै हाफमा एक-एक गोल गर्‍यो। २०औँ मिनेटमा डेली अलीको पासमा हेउन मिन सनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए। ५९औँ मिनेटमा अलीले ह्यारी केनको पासमा टोटनहमका लागि दोस्रो गोल गरे।

उता एडेन हाजार्डको खेल सकिन ६ मिनेट अघि एक मात्र निर्णायक गोल मद्दतमा चेल्सीले जित हात पार्‍यो। घरेलु मैदान स्टानफोर्ड ब्रिजमा एमरसनको पासमा हाजार्डले ८४औँ मिनेटमा गोल गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell