PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

निर्मला हत्या प्रकरणः प्रमाण नष्ट गरेको अभियोगमा तीन प्रहरीविरुद्ध किटानी जाहेरी



एम बम

निर्मला हत्या प्रकरणः प्रमाण नष्ट गरेको अभियोगमा तीन प्रहरीविरुद्ध किटानी जाहेरी

कैलालीः कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको छ। निर्मलाकी आमा दुर्गादेवी पन्त र निर्मला हत्याका अभियुक्त भन्दै सार्वजनिक गरिएका दिलीपसिंह विष्टका दाइ खड्ग विष्टले प्रमाण नष्ट गर्ने र अनुसन्धानका क्रममा निर्दोषलाई यातना दिने प्रहरीलाई कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्।

निर्मलाकी आमा र विष्टका दाइ दुवैले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए।

उनीहरूले सेवाबाट बर्खास्त भएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीलगायतमाथि प्रमाण नष्ट गरेको भन्दै जाहेरी दर्ता गरेकी हुन्।

 

यस्तो हुनसक्छ कारबाही

मुलुकी फौजदारी संहिता ०७४ मा निर्दोषलाई दाषीका रुपमा प्रस्तुत गर्ने,  प्रमाण नष्ट गर्नेलाई कारबाहीको व्यवस्था छ।

अनुसन्धान प्रक्रियामा बदनियत गर्ने अनुसन्धान अधिधकारीलाई पनि कारबाहीको व्यवस्था संहिताले गरेको छ।

संहिताको दफा ९३ अनुसार त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्‍म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell