PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बलात्कारको कसुरमा पाँच वर्ष सजाय पाएका वासुदेव साउद पक्राउ



पहिलोपोस्ट

बलात्कारको कसुरमा पाँच वर्ष सजाय पाएका वासुदेव साउद पक्राउ

सुर्खेतः जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठहर्‍याएको एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी वासुदेव साउद हुन्। सुर्खेत जिल्ला अदालतले उनलाई जबर्जस्ती करणीको आरोपमा दोषी ठहर गरी पाँच वर्षको जेल सजाय तोकेको थियो।

विशेष अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell