PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

एनसेल लाभकर मुद्दाको सुनुवाइ पुनः स्थगित, यसकारण अब हुनसक्छ बेन्च हेरफेर



पहिलोपोस्ट

एनसेल लाभकर मुद्दाको सुनुवाइ पुनः स्थगित, यसकारण अब हुनसक्छ बेन्च हेरफेर

काठमाडौँः एनसेल खरिदबिक्रीको लाभकर विवादसम्बन्धी सुनुवाइ बिहीबार पनि स्थगित भएको छ। मङ्सिर १७ गते स्थगित भएको पेसी बिहीबारको लागि तोकिएको थियो।

पेसी लगातार स्थगित भएको तेस्रो पटक हो। 

असोज १८ गतेबाट सुनुवाइ सुरु गरी हेर्दाहेर्दैमा राखिएको मुद्दा पछिल्लो समय पटक निरन्तर स्थगित भइरहेको छ।

 

किन स्थगित   

असोज १८ गते न्यायाधीशहरू शारदाप्रसाद घिमिरे, विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानले मुद्दाको सुनुवाइ गरेका थिए। सोही इजलासमा मुद्दा हेर्दाहेर्दैमा थियो।

मङ्सिर १३ गते मुद्दाको पेसी तोकिए पनि न्यायाधीश श्रेष्ठ बिदामा बसेपछि सुनुवाइ भएको थिएन। त्यसको चार दिनपछि लगत्तै  पुनः पेसी तोकिए पनि सुनुवाइ भएन।

मुद्दाको नेतृत्व गरिरहेका ‘लीड जज’ले घिमिरेले अवकाशको अन्तिम चरणमा छन्। घिमिरेले पुस २१ बाट उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन्। अवकाश पछि मुद्दाको सुनुवाइ नयाँ बेन्चबाट हुनेछ। कम्तीमा अब पुस २१ अघि मुद्दाको सुनुवाइ नहुन सक्छ।

मुद्दा हेरिरहेका अर्का न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ बेञ्च गठनप्रति नै असन्तुष्ट छन्। भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका श्रेष्ठले उक्त मुद्दाको सुनुवाइ छलिरहेका छन्। सुनुवाइमा संलग्न अन्य न्यायाधीशहरू भने न्यायालयको नेतृत्वमा पुग्दैनन्।

 

विवादास्पद अन्तरिम आदेश

मुद्दा पूर्ण सुनुवाइका लागि पेस भए पनि एनसेलले मागदाबी गरे अनुसारको आदेश भने यसअघि भइसकेको छ। अन्तरिम आदेशका कारण लाभांश लैजाने सुविधा उपयोग गरिसकेको छ। अन्तरिम आदेशमै पनि लाभकरको दायित्व निवेदक कम्पनीको नभएको उल्लेख गरिएको छ। तर, विवादको निरूपणका लागि भन्दै मुद्दा भने पूर्ण इजलासमा पठाइएको छ।

पढ्नुस्ः पुँजीगत लाभकरमा फसेको एनसेललाई लाभांश लैजान दिन सर्वोच्चको आदेश

यसअघि पुस ९ गते लाभांश लैजान अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको इजलासले लाभांश रोक्दा कम्पनीलाई अपूरणीय क्षति भएको भन्दै अन्तरिम आदेश जारी गरेका थिए।  आदेशको आलोचना समेत भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell