PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

इपीएल : काठमाडौँलाई ६ विकेटले हराउँदै भैरहवा फाइनलमा, उपाधिका लागि ललितपुरसँग खेल्ने

इपीएल : काठमाडौँलाई ६ विकेटले हराउँदै भैरहवा फाइनलमा, उपाधिका लागि ललितपुरसँग खेल्ने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : गत सिजनको उपविजेता भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को उपाधिका लागि भिड्ने भएका छन्।

बिहीवार भएको दोस्रो क्वालिफायर्समा काठमाडौँ किंग्स ११ लाई ६ विकेटले पराजित गर्दै भैरहवाले फाइनलमा स्थान बनाएको हो। भैरहवाले लिग चरणमा काठमाडौँसँग बेहोरेको हारको बदला समेत लिएको छ। लिगमा काठमाडौँले भैरहवालाई ७ विकेटले हराएको थियो।

युवा बलर कुशल मल्लको उत्कृष्ट बलिङ र विदेशी खेलाडी राएन टेन डेसकाटेको ब्याटिङ मद्दतमा भैरहवाले काठमाडौँलाई पराजित गरेको हो।

डेसकाटेले ४५ रन बनाएपछि भैरहवाले काठमाडौँले दिएको १० रनको लक्ष्य १६.५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो। डच खेलाडी डेसकाटेले ३८ बल खेल्दै ५ चौका प्रहार गरे।

यस्तै अर्का विदेशी खेलाडी रवीइन्दर सिंहले १९ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ३१ रन जोडे। ३५ रनमा २ विकेट गुमाएको अवस्थामा डेसकाटे र रवी इन्दरले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए। भैरहवाका प्रदिप ऐरी ३ र आरिफ शेख ५ रन बनाएर आउट भए।

रोहित पौडेल ९ र कप्तान शरद भेषावकर ६ रनमा नटआउट रहे। बलिङमा काठमाडौँका सांसद शेखले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०० रन बनाएको थियो। तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बनाएका काठमाडौँका लागि सन्दिप रजालीले सर्वाधिक २७ रन बनाए। प्रदिप शाहुले २५ तथा ओपनर अमित श्रेष्ठले १३ रन जोडे।

यस सिजन इपीएलमा पहिलो खेल खेलेका सन्दिपले २६ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरे। प्रदिप शाहुले २२ बल खेल्दै ३ चौका प्रहार गरे। काठमाडौँका दुई खेलाडीले खाता खोल्न सकेनन्।

३ विकेट लिएका कुशल मल्ल

बलिङमा भैरहवाका कुशल मल्लले ३ तथा मोहम्म नाभिदले २ विकेट लिए। दुवैले ४ ओभर बलिङ गर्दा समान २० रन खर्चिए। रनिङ विटविन द विकेटमा चुस्त नदेखिएको काठमाडौँका तीन खेलाडी रनआउट भए।

 



ट्रेन्डिङ पोस्ट

Ncell