PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

विपिन कार्कीको बाध्यता, बैसाखी टेकेर फिल्म प्रचार



पहिलोपोस्ट

विपिन कार्कीको बाध्यता, बैसाखी टेकेर फिल्म प्रचार

काठमाडौँ: अभिनेता विपिन कार्कीलाई डाक्टरले बेड रेस्टको सुझाव दिएका थिए। मंसिर ४ गते मोटरसाइकल दुर्घटनापछि खुट्टा भाँचियो र फिल्म जात्रै जात्राको सुटिङ प्रभावित भयो। फिल्म प्रसादको प्रचार प्रसारमा पनि धेरै देखिएनन्। 

अहिले भने बैसाखीको सहारामा उभिने र हिँड्ने गर्न थालेका छन्। उनी अभिनित फिल्म 'गोपी' प्रदर्शनको तयारीमा छ। हालै फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनी बैसाखी मै देखिए। फिल्मको प्रचार कार्यक्रममा उनी बैसाखी टेकेेर उपस्थित सबैको ध्यान तानिएको थियो। कतिले त्यसलाई पब्लिसिटी स्टन्टका रुपमा पनि व्याख्या गरे। तर त्यो पब्लिसिटी स्टन्ट थियो या बाध्यता विपिनलाई मात्र थाह छ। 


 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell