PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

भारतीय गायक गजेन्द्र वर्मा कन्सर्टका लागि नेपाल आउँदै



पहिलोपोस्ट

भारतीय गायक गजेन्द्र वर्मा कन्सर्टका लागि नेपाल आउँदै

काठमाडौं : पछिल्लो समय कभर गायक सिद्धार्थ स्थालियाले डेजाभूमा लाभइ कन्सर्ट दिएर भारत फर्के। उनको प्रस्तुतिलाई दर्शकले रुचाएका थिए।

अहिले युवा दर्शककाबीच लाइभ कन्सर्ट दिने ठाउँ बनेको छ क्लब डेजाभू। यस्तै लाइभ कन्सर्ट दिन भारतीय गायक गजेन्द्र वर्मा नेपाल आउँदैछन्। 'तेरा घाटा'बोलको गीतबाट चर्चामा रहेका उनी क्रिसमस इभ (डिसेम्बर २४)मा कन्सर्ट दिन नेपाल आउने भएका हुन्।

मेड्ली इभेण्ट र डार्क हर्स इभेन्टले आयोजना गर्ने 'गजेन्द्र वर्मा लाइभ इन नेपाल' सकेर गजेन्द्रले धरानमा पनि प्रस्तुति दिने बताइएको छ। कभर गायन मार्फत संगीत यात्रा सुरु गरेका गजेन्द्रको 'मे तेरा ही रहुँ', 'मेरा जहाँ जहाँ'लाई दर्शकले रुचाएका छन्।

'क्रिसमस इभलाई रमाइलो बनाउन हामीले नेपालमा रुचाएको गायकलाई बोलाएका हौं’ आयोजक सुमित सिग्देलले भने 'गजेन्द्रजी पनि नेपाल आउने कुरामा हर्षित छ। नेपालमा आउन उत्साहित रहेको कुरा उल्लेख गर्दै भिडियो संदेश पठाएका छन्।' उनी सोमबार नेपाल आउँदैछन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell