PahiloPost

Jun 24, 2026 | १० असार २०८३

शाहरुख खानको 'जिरो'लाई क्यूएफएक्समा २६ सो



पहिलोपोस्ट

शाहरुख खानको 'जिरो'लाई क्यूएफएक्समा २६ सो

काठमाडौं : बलिउडमा प्रतिक्षित मानिएको फिल्म हो 'जिरो'। शारुख खान अभिनित फिल्म यहि शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ। फिल्ममा अनुश्का शर्मा र कट्रिना कैफको मुख्य अभिनय छ। फिल्ममा सलमान खान पनि केमियो भुमिकामा देखिँदैछन्।

फिल्मको अहिले एड्भान्स बुकिङ सुरु भइसकेको छ। फिल्मले ३० करोडको ओपनिङ ब्यापार गर्ने वितरक अक्षय राठीको आंकलन छ। बुकिङका हिसाबले फिल्मले नेपालमा अधिकांश सो पाएको छ। मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्समा फिल्मले शुक्रबार मात्रै २६ सो पाएको छ। फिल्मले लबिममा ६, सिभिलमा ६, छायाँमा ६, कुमारीमा ५ र जय नेपालमा ३ सो पाएको हो।

शुक्रबार नै प्रदर्शनमा आउने फिल्म 'अक्वामेन'ले १२ र 'होम अलोन'ले छायाँमा १ सो पाएको छ। फिल्मलाई आनन्दले निर्देशन गरेका हुन्।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell