PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सर्वाेच्चको अन्तरिम आदेशपछि काममा फर्किए रजिष्ट्रार



पी बी खड्का

सर्वाेच्चको अन्तरिम आदेशपछि काममा फर्किए रजिष्ट्रार

सुर्खेत: मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार महेन्द्रकुमार मल्लले विहिवारदेखि पुनः काम शुरु गरेका छन्। सर्वाेच्च अदालतले मुद्दाको टुंगो नलाग्ने बेलासम्म काम गर्न दिन अन्तरिम आदेशपछि उनले विश्वविद्यालयको काम शुरु गरेका हुन्। 

मंगलवार सर्वोच्च अदालतका न्यायधीश डम्बरबहादुर शाहीको एकल इजलासले मुद्दाको टुंगो नलागेसम्म रजिष्ट्रारलाई काम गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो। बिहीवारमात्रै सुर्खेत पुगेर रजिष्ट्रार मल्लले विश्वविद्यालयको काम शुरु गरेका हुन्।

कामकाज सुरेका मल्लले निर्दाेष व्यक्तिलाई दोष थुपारेर रजिष्ट्रारबाट हटाउन खोजेको आरोप लगाए। ‘विश्वविद्यालय स्थापना गर्नुपर्छ भनेर लागेको व्यक्तिले विश्वविद्यालय विगार्ने भन्ने कुरा हुदैँन।’ उनले भने,‘मलाई अनावश्यक दोष लगाएर रजिष्ट्रारबाट हटाउन खोजिएको हो।’

रजिष्ट्रार मल्ललाई यसअघि विश्विद्यालयको हित विपरीत र रजिष्ट्रारको कर्तव्य पुरा नगरेको भन्दै विश्वविद्यालय सभाका १० जना सदस्यले निलम्बनका लागि उपकुलपतिसमक्ष निवेदन दिएका थिए। उपकुलपतिले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष निलम्बन गर्न सिफारिस गरे लगत्तै रजिष्ट्रार मल्ल गत १९ गते निलम्बित भएका थिए। विश्वविद्यालयले उनलाई निलम्बन गरेपछि यामबहादुर कार्कीलाई रजिष्ट्रारमा नियुक्त गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell