PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो



पहिलोपोस्ट

फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

काठमाडौँ : फिफाको नयाँ वरीयतामा नेपाल एक स्थान माथि उक्लेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले डिसेम्वर महिना र नयाँ वर्ष २०१९ को जनवरी महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लेको हो।

अघिल्लो दुई महिनामा भने नेपाल एक-एक स्थान तल झरेको थियो।

यस्तै विश्व वरीयतामा भने बेल्जियमले शीर्ष स्थानमा रहेर २०१८ को अन्त्य गर्नेछ भने नयाँ वर्षको सुरुवात गर्नेछ।

विश्व विजेता फ्रान्सलाई एक अंकले मात्र पछि पार्दै बेल्जियम शीर्ष स्थानमा यथावत रहेको हो।

दक्षिण एसियामा भारत सबैभन्दा अघि ९७औँ स्थानमा यतावत नै छ भने माल्दिभ्स १५२औँ, भुटान १८६औँ, बंगलादेश १९२ औँ र पाकिस्तान १९९औँ स्थानमा यथावत छ। श्रीलंका २०१औँ स्थानमा छ।

विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो स्थानमा छ। यस्तै ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इंगल्याण्ड पाँचौमा स्थानमा यथावत छ। पोर्चुगल छैटौँ, उरुग्वे सातौँ, स्वीट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा यथावत छन्।

अब ७ फेब्रुअरी २०१९ मा नयाँ वरीयता सार्वजनिक गरिने फिफाले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell