PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

वन अधिकृत ठाकुर ३३ हजार घुस रकमसहित पक्राउ



पहिलोपोस्ट

वन अधिकृत ठाकुर ३३ हजार घुस रकमसहित पक्राउ

बेनीः डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर आज घुस रकमसहित पक्राउ परेका छन्।

बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित सव डिभिजन वन कार्यालयमा रहेको आवास गृहमा ठाकुरलाई रु ३३ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट आएको टोलीले पक्राउ गरेको हो।

काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै अतिरिक्त रकम मागेको सूचना पाएपछि ठाकुरलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए। पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान गरी मुद्दा दायर गरिने उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell