PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

भोजपुर-विराटनगर उडान दुई सातादेखि अवरुद्ध



पहिलोपोस्ट

भोजपुर-विराटनगर उडान दुई सातादेखि अवरुद्ध

भोजपुरः तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ।

मौसममा खराबी आएपछि करिब १५ दिनबाट उडान हुन नसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको छ। अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले जानकारी दिए। निगमको जहाजले मङ्गलबार, बिहीबार, शनिबार गरी हप्तामा तीन दिन विराटनगर उडान भर्दै आएको थियो।

निगमले अपाङ्गता भएका व्यक्तिलाई भाडा ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत छुट दिँदै आएकामा ज्येष्ठ नागरिकलाई पनि १५ प्रतिशत छुटको व्यावस्था गरेको छ। भोजपुर–विराटनगर उडान अवरुद्ध भए पनि भोजपुर–काठमाडौँ भने आइतबारबाहेक हप्तामा छ दिन उडान भइरहेको निगमले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell