
काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत विराज भट्ट अभिनित 'जंगभूमी' छ। संगीत कुमार निर्देशित फिल्मलाई नबराजजंग थापाले निर्माण गरेका हुन्। त्यस्तै यो साता नै प्रदर्शनमा दुई विदेशी फिल्म छन्।
बलिउड फिल्म 'जिरो' र हलिउड 'अक्वाम्यान'ले मल्टिप्लेक्समा सर्वाधिक सो पाएका छन्। साहरुख खान अभिनित 'जिरो'लाई आनन्दले निर्देशन गरेका हुन्। फिल्ममा अनुश्का शर्मा र कट्रिना कैफको मुख्य अभिनय छ। त्यस्तै फिल्ममा सलमान खान पनि केमियो भुमिका छ।
सोका हिसाबले मल्टिप्लेक्सलाई 'जिरो'ले लिड गरेको छ। 'अक्वाम्यान' एक्सन विधामा बनेको फिल्म हो। जेम्स वान निर्देशित फिल्ममा जेसन, निकोल र डोल्फको अभिनय छ।