PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नेपालमा बनेको अंग्रेजी फिल्म 'द म्यान फ्रम काठमाडौं'को गीत र ट्रेलर आयो



पहिलोपोस्ट

नेपालमा बनेको अंग्रेजी फिल्म 'द म्यान फ्रम काठमाडौं'को गीत र ट्रेलर आयो

काठमाडौं : फिल्म 'द म्यान फ्रम काठमाडौं'को गीत सार्वजनिक भएको छ। नेपालमा बनेको अंग्रेजी फिल्मको 'आकाशै घुमेर'बोलको गीत सार्वजनिक भएको हो।

गीतको भिडियोमा आना शर्मा र जोसे म्यानुअल  फिचर्ड छन्। जेसन कुँवरको शब्द तथा संगीत रहेको गीतलाई जेसनसँगै निकिता श्रेष्ठले गाएकी हुन्।    

क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका नकिम उद्दिन फिल्मका निर्माता हुन्। फिल्मका लागि ५ करोड लगानी लागेको निर्माण टिमको दाबी छ। ‍पेमा धोन्डुप फिल्मका निर्देशक हुन्। यसअघि उनले 'वी आर नो मंक्स' निर्देशन गरेका थिए।

 फिल्ममा अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा समेटेको बताइएको छ। फिल्ममा अमेरिकी अभिनेता जोसे र आनासँगै बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ।

टिम हलिउड, बलिउड र नेपालमा एकैसाथ फिल्म रिलिज गर्ने तयारीमा छन्। फिल्ममा कार्लोस मेडिनाको छायाँकन छ। फिल्मको छायाँकन लस–एन्जलस र काठमाडौंमा गरिएको थियो। फिल्मको नयाँ एक्सन ट्रेलर पनि सार्वजनिक गरियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell