
काठमाडौँ : नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछाने समावेश मेलबर्न स्टार्सले अष्ट्रेलियाको फ्रेन्चाइज टी-२० लिग बिग बास लिग (बीबीएल) सिजन ८ मा आज पहिलो खेल खेल्दैछ।
ग्लेन म्याक्वेलको कप्तानीमा रहेको स्टार्सले आज दिउँसो नेपाल समयअनुसार २ बजे सिड्नी थण्डरसँऊ खेल्दैछ।
स्टार्सले थण्डर विरुद्धको खेलका लागि यसअघि नै १३ सदस्यीय टोली घोषणा गरिसकेको छ। जसमा नेपाल सन्दीप पनि समावेश छन्। अब ब्याट फ्लिप हुने समयमा स्टार्सको प्लेइङ ११ घोषणा हुनेछ र सन्दीपले पहिलो खेल खेल्ने नखेल्ने पक्का हुनेछ।
सन्दीप काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग इपीएलमा २०१८ मा ललितपुर प्याट्रिओट्सको लागि सुरुवात दुई खेल खेलेर डिसेम्वर ९ मा अष्ट्रेलिया गएका थिए।
यस बीचमा सन्दीपले मेलवर्न स्टार्स टिममेटसँग प्राक्टिस, ट्रेनिङ समेत गरे। स्टार्सका कप्तान म्याक्सवेल र सन्दीप गत सिजन आइपीएलमा दिल्ली डेयर डेभिल्सको टिममा सँगै थिए। त्यतिबेला नै सन्दीपले म्याक्सवेलसँग ड्रेसिङ रुम सेयर गर्ने मौका पाइसकेका छन्। त्यसले यस पटक सन्दीपलाई धेरै फाइनल समेत पुगेको छ।
Zamps gives an insight into what #TeamGreen should look forward to this summer! pic.twitter.com/8DuGDovxER
— Melbourne Stars (@StarsBBL) December 19, 2018
यस्तै सन्दीपले गत सिजन दिल्लीका लागि प्रतियोगिताको अन्त्यतिर मात्र खेल्न पाए तर जती खेले त्यसमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेर आफूलाई प्रमाणित गरे।
त्यही आइपीएल खेलेपछि विश्वभर चर्चित बनेका र सबैको ध्यान तानेका सन्दीप अहिले प्रत्येक टी-२० लिगमा आकर्षणको रुपमा प्रस्तुत भइरहेका छन्।
सन्दीपले आइपीएल पछि क्यारेवियन प्रिमियर लिग, क्यानडाममा ग्लोबल टी-२० लिग, अफगानिस्तान प्रिमियर लिग, युएईमा टी-१० लिग खेलिसकेका छन्। यस्तै बीबीएल भइरहेकै बेला सन्दीप बीचमा बंगलादेशमा हुने बंगलादेश प्रिमियर लिग खेल्न जानेछन्। उनले डेविड वार्नरको कप्तानीमा रहेको सिलेट सिक्सर्स बाट खेल्नेछन्। त्यसपछि पुन: सन्दीप बीबीएलका लागि अष्ट्रेलिया फर्कनेछन्।
गत सिजन एउटै टिममा रहेका म्याक्सवेलले सन्दीप उदाउँदो स्टारको रुपमा रहेको बताइसकेका छन्। उनले दिल्लीमा हुँदा सन्दीपको बल फेस गर्न आफूलाई समेत गाह्रो भएको बताउँदै सन्दीप स्टार बन्ने क्रममा रहेको प्रतिक्रिया दिएका छन्।
सन्दीपको लागि बीबीएलमा छनोट हुन पहिलो पटक भएपछि अष्ट्रेलिया नयाँ ठाउँ भने होइन। दुई वर्षअघि वर्ल्ड कप विनिङ कप्तान माइकल क्लार्कको निमन्त्रणामा अष्ट्रेलिया पुगेका सन्दीपले त्यहाँ ग्रेड क्रिकेट खेलेका थिए र क्लार्ककको एकेडेमीमा प्रशिक्षण गरेका थिए। त्यसबेला अष्ट्रेलिया मिडियाको प्रश्नमा सन्दीपले आफ्नो लक्ष्य बिग बास खेल्ने बताएका थिए। सन्दीप दुई वर्षपछि त्यसको नजिक छन्।
सन्दीपसँगै ८ खेलाडीलाई यस सिजन बीबीएलमा हेर्न लायक नयाँ खेलाडीको रुपमा हेरिएको छ।
बीबीएल खेल्न जानुअघि पनि सन्दीपले अष्ट्रेलियामा खेलिसकेको अनुभव रहेकोले त्यसले केही फाइनल गर्ने र नयाँ लिग खेलेर नेपालको नाम अझै उचो बनाउने बताएका