PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

ए डिभिजन लिग : मछिन्द्रको पहिलो जित, सरस्वती युथ क्लब विरुद्ध ४-२ ले विजयी



पहिलोपोस्ट

ए डिभिजन लिग : मछिन्द्रको पहिलो जित, सरस्वती युथ क्लब विरुद्ध ४-२ ले विजयी

काठमाडौँ : मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७५ मा सिजनको पहिलो जित हात पारेको छ। लिगको नवौँ चरणमा पुगेर गोलको खाता खोलेको मछिन्द्रले १०औँ चरणमा जित हात पारेको हो।

शुक्रवार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मछिन्द्रले सरस्ती युथ क्लबलाई ४-२ ले पराजित गर्‍यो। पहिलो जितपछि १० खेलबाट ६ अंक जोडेको मछिन्द्र अंकतालिकामा ११औँ स्थानमा उक्लेको छ। सरस्वती भने सिजनको छैटौँ हारपछि दश खेलबाट १० अंकसहित नवौँ स्थानमा छ।

खेलको चौथो मिनेटमै आत्मघाती गोल गरेपछि पछि परेको मछिन्द्रले पुनरागमन गर्दै चार गोल गरेको हो। सन्जय राजवाहकले आत्मघाती गोल गरेपछि सरस्वती पहिले अग्रता बनायो। तर १६औँ मिनेटमा मछिन्‍द्रका कप्तान विशाल राईले गोल गर्दै खेल बराबरी गरे। त्यसको चार मिनेटपछि भासडिया डायमण्डेले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए। २५औँ मिनेटमा अनिल गुरुङले गोल गर्दै मछिन्द्रलाई ३-१ को अग्रता दिलाए। ३६औँ मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिस ओन्एमाले गोल गर्दै गोलअन्तर कम पार्ने प्रयास गरे।

पहिलो हाफमा ३-२ ले अघि रहेको मछिन्द्रका लागि इन्जुरी टाइममा विशाल राईले गोल गरेपछि सिजनको पहिलो जित हात पारेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell