काठमाडौँ : नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको बिग बास लिग खेल्ने सपना पूरा हुँदैछ। केही समयपछि नै सन्दीप लामिछाने समावेश टिम मेलबर्न स्टार्सले बीबीएल सिजन ८ मा सिड्नी थण्डरसँग पहिलो खेल खेल्दैछ।
मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले 'ब्याट फ्लिप' जितेर पहिले फिल्डिङ रोजेका छन्। मेलबर्नमा प्लेइङ ११ मा सन्दीपको नाम रहेको छ। सन्दीपसँगै मेलबर्नको टिममा वेष्टइन्डिजका ड्वाने ब्राभो, अष्ट्रेलियाका मार्कुस स्टोइनिङ, एडम जाम्पा पनि छन्।
दुई वर्षअघि वर्ल्ड कप विनिङ कप्तान माइकल क्लार्कको निमन्त्रणामा अष्ट्रेलिया पुगेका सन्दीपले त्यहाँ ग्रेड क्रिकेट खेलेका थिए र क्लार्कको एकेडेमीमा प्रशिक्षण गरेका थिए। त्यसबेला अष्ट्रेलियाको मिडियाको प्रश्नमा सन्दीपले आफ्नो लक्ष्य बिग बास खेल्ने बताएका थिए। अहिले सन्दीपको त्यही सपना पूरा हुँदैछ।Captain Maxi has won his first ever Bat Flip, and we'll be bowling first in Canberra! See your #TeamGreen Final XI below! pic.twitter.com/GN4Wcy7zl0
— Melbourne Stars (@StarsBBL) December 21, 2018