PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रवि ओड बने दोस्रो ‘नेपाल आइडल’, विक्रम बराल फस्ट रनर्स अप



पहिलोपोस्ट

रवि ओड बने दोस्रो ‘नेपाल आइडल’, विक्रम बराल फस्ट रनर्स अप

काठमाडौं: रवि ओड दोस्रो नेपाल आइडल बनेका छन्। ललितपूरको पुलचोकमा भएको फिनालेमा टप चारबाट उनी विजेता घोषित भएका हुन्। उनीसँगै बिक्रम बराल,  सुमित पाठक र अस्मिता अधिकारी फाइनल प्रतिस्पर्धी रहेका थिए।

सुदुरपश्चिमका रवि नेपाल आइडल आउनुअघि दोहोरी साँझमा गाउँथे। धनगढी अडिसनमा 'जाउँला रेलैमा'मा गाएपछि उनले नेपाल आइडमा आफ्नो स्थान बनाएका थिए। रवि लोकदोहोरी, पप हिन्दी, पप सबै विधामा अगाडि देखिएका थिए।

'पार्‍यौ भुतुकै' बोलको गीतबाट निर्णायक न्ह्यू बज्रचार्यको नजरमा परेका थिए रवि। उनको स्वर पार्श्व गायनमा रुचाइन्छ। 'देउडा', 'म मौनता', 'सम्बोधन तिमीले','मायाले बाध्यो लौ रेसम','फेवा तालमा साइँली' उनले प्रस्तुत गरेका उत्कृष्ट प्रस्तुति थिए।

रविले २२ लाख नगद रुपैयाँसहित ओप्पोको फोन र होन्डा डब्लु आरबी कार प्राप्त गरेका छन्।

गोल्डेन माइक विजेता बिक्रम बराल फर्स्ट रनर्स अप भए। उनले बीस लाख नगद रुपैयाँ प्राप्त गरे।

त्यस्तै झापाका सुमित पाठक सेकेन्ड रनर्स अपमा चित्त बुझाउनु पर्‍यो। उनले १२ लाख नगद रुपैयाँ नगद पुरस्कार पाए।

थर्ड रनर्स अप अस्मिता अधिकारी बनिन्। झापाकै उनी एकमात्र महिला फाइनलिस्ट थिइन्। उनलाई होन्डाको स्कुटर दिइयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell