PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सागर पुनको खुट्टाको शल्यक्रिया, लामो समय मैदान बाहिरै रहने



पहिलोपोस्ट

सागर पुनको खुट्टाको शल्यक्रिया, लामो समय मैदान बाहिरै रहने

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर सागर पुन ६ महिना भन्दा बढी मैदान बाहिर रहने भएका छन्।

एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने क्रममा चोट लागेपछि क्रिकेटर सागर पुनको खुट्टाको शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि सागरले अब ६ देखि ७ महिना मैदान बाहिर नै बिताउनुपर्ने भएको छ।

कीर्तिपुरमा भइरहेको इपीलमा काठमाडौँ किंग्स ११ बाट खेल्दा सागरको दायाँ खुट्टको एंकलमा चोट लागेको थियो। ललितपुर प्याट्रिओट्स विरुद्धको खेलका क्रममा बलिङ गर्दा उनलाई चोट लागेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफ्नो फेसबुकमा सागरको खुट्टाको शल्यक्रिया भएको र उनी पूर्ण रुपमा ठिक हुन ६ देखि ७ महिना लाग्ने जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell