PahiloPost

Oct 10, 2025 | २४ असोज २०८२

रविले नेपाल आइडल जितेपछि समर्थकहरु राति नै दीपावलिसहित सडकमा, भोलि विजय र्‍यालिको तयारी 



एम बम

रविले नेपाल आइडल जितेपछि समर्थकहरु राति नै दीपावलिसहित सडकमा, भोलि विजय र्‍यालिको तयारी 

कैलाली : कञ्चनपुरका रवि ओडले नेपाल आइडल सिजन २ जितेपछि उनका समर्थकहरुले धनगढीमा राति दीपावलिसहित र्‍याली निकालेका छन्। 

समर्थकहरुले धनगढीको पार्कमोडमा जम्मा भएर खुसियाली मनाएका हुन्। उनीहरुले रविको समर्थनमा 'नेपाल आइडल रवि ओड', 'जित कस्को रविको', 'नेपालको शान रवि ओड' लगायतका नारा लगायका थिए।

रविको जितमा उत्साहित बनेका समर्थकहरु शनिबार धनगढीमा वृहत विजय र्‍याली निकाल्ने तयारीमा छन्।

रविलाई सुदूरपश्चिमेलीको दह्रो समर्थन थियो। उनका समर्थकहरुले अभियानै चलाई रविलाई भोट गरेका थिए। रविलाई भोट दिनका लागि पर्चा पम्प्लेटमात्र हैन धनगढीलगायतका ठाउँमा होर्डिङ बोर्डहरुसमेत राखिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell