PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रिमियर लिग : लिभरपुललाई शीर्ष स्थानमा चार अंकको अग्रता



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुललाई शीर्ष स्थानमा चार अंकको अग्रता

प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा शीर्ष स्थानको लिभरपुलले वल्भसलाई २-० ले पराजित गरेको छ।

जितपछि लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ४ अंकको अग्रता बनाएको छ। यस सिजन अपराजित रहने एक्लो टोली लिभरपुलले १८ खेलबाट ४८ अंक जोडेको छ। एक खेल कम खेलेको सिटीको ४४ अंक छ।

वल्भ्सको मैदानमा भएको खेलमा लिभरपुलका लागि मोहम्मद सलाह र भर्जिल भान डाइकले गोल गरे। यस जितपछि लिभरपुल क्रिस्मसमा अंकतालिकाको शीर्ष स्थानमै रहने पक्का भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell