
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिवार भएको खेलमा थ्री स्टार र च्यासल युथ क्लबले बराबरी खेलेका छन्।
हलचोकस्थित एपीएपको मैदानमा भएको ललितपुर डर्बी खेलमा थ्री स्टार र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
बराबरीपछि थ्री उपाधि होडमा रहेको थ्री स्टारलाई धक्का लागेको छ। यस खेलपछि थ्री स्टार शीर्ष स्थानको मनाङभन्दा अझै ४ अंकले पछि छ। मनाङले एक खेल कम खेलेको छ। यसअघि त्रिभुवन आर्मीसँग पनि बराबरी खेलेको थ्री स्टार सिजनको दोस्रो बराबरीपछि १० खेलबाट २३ अंकका साथ तेस्रो स्थानमै यथावत छ। ९ खेलबाट २७ अंकसहित मनाङ शीर्ष स्थानमा छ भने ९ खेलबाट २४ अंक रहेको संकटा दोस्रोमा छ।
उता १० खेलबाट १४ अंक जोडेको च्यासल गोलअन्तरमा हिमालयन शेर्पालाई पछि पार्दै छैटौँ स्थानमा उक्लेको छ।