PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

इपीएल फाइनल : ललितरपुले दियो भैरहवालाई जितका लागि १५६ रनको लक्ष्य



पहिलोपोस्ट

इपीएल फाइनल : ललितरपुले दियो भैरहवालाई जितका लागि १५६ रनको लक्ष्य

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को उपाधि जित्न भैरहवा ग्लाडिएटर्सले १५६ रन बनाउनुपर्ने भएको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा भंइरहेको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर प्याट्रिओट्सले ओपनर जयकिसन कोल्सावालाको अर्धशतक मद्दतमा १९.३ ओभरमा सबै विकेट गुमाएर १५५ रन बनाएको हो। कोल्सावाले १८औ ओभरको पाँचौ बलमा कृष्ण कार्कीको बलमा बोल्डआउट हुनुअघि ५२ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५७ रन बनाए।

यस्तै सन्दिप जोराले आक्रमक ब्याटिङ गर्दै ११ बलमा २४ रन बनाए। जोराले १ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर गौरव तोमारले १९ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे।

कोल्सावालाले पहिलो विकेटका लागि तोमारसाग ४१ र चौथो विकेटका लागि जोरासँग ३९ रनको साझेदारी गरेका थिए।

कुशल भुर्तेलले ११ र कप्तान ज्ञानेन्द्र मल्ल १० रन बनाए। पवन सराफ ५, सन्नी पटेल १, सोनु तामाङ ३, योगेन्द्र सिंह कार्की ३ रन बनाएर आउट भए। रासिद खानले खाता खोल्न सकेनन्।

बलिङमा भैरहवाका कृष्ण कार्कीले २ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। यस्तै राएन टेन डेसकाटेले ३.१ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। मोहम्मद नाभिदले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell