
काठमाडौंः नेपाल संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ गठन भएको आयोगमा निर्वाचित भएको छ। राष्ट्र संघको पिस बिल्डिङ कमसिन (पीवीसी) को अर्गनाइजेसनल कमिटीमा नेपाल निर्वाचित भएको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।
नेपाल पीवीसीको अर्गजनाइजेशनल कमिटीको सदस्यमा दुई वर्षका लागि निर्वाचित भएको हो। नेपालसँगै ईजिप्ट, ग्वाटेमाला, केन्या र मेक्सिको पनि निर्वाचित भएका छन्। ‘महासभा’बाट चयन हुने सदस्यहरु मध्येबाट २०१९ को जनवरी १ बाट लागु हुने गरी दुई वर्षे कार्यकालका लागि नेपाल निर्वाचित भएको हो।
विश्वमा शान्ति स्थापनार्थ नेपालले खेलेको भूमिकालाई मध्यनजर गर्दै नेपाल एसिया प्रसान्त क्षेत्रबाट निर्वाचित भएको हो। नेपाल हाल रांष्ट्र संघको शान्ति स्थापनार्थ खटिएको पाँचौ ठूलो सैन्य दस्ता हो।
सन् २००५ मा स्थापना भएको पिबिसीको कमिटीमा यस अघि नेपालले दुई कार्यकाल सदस्यको रुपमा काम गरिसकेको छ। सन् २००८–२०१० र २०११–१५ मा नेपालले यसको सदस्यको रुपमा कार्य गरेको थियो। त्यस्तै सन् २०१० मा नेपाल कमिसनको लेशन लर्नड्को वर्किङ ग्रुपको अध्यक्षको रुपमा काम गरेको थियो।
३१ सदस्य कमिटीमा राष्ट्र संघको सुरक्षा परिषद, महासभा, सामाजिक तथा आर्थिक परिषद, मिसनमा योगदान गर्ने देश, बजेट उपलब्ध गराउने समूह र पार्टनर समूहका गरि छ समूहबाट निर्वाचित हुने व्यवस्था छ।
‘बिसिसीमा नेपालले राष्ट्र संघीय शान्ति अपरेसनमा प्राप्त गरेको अनुभव साथसाथै मौलिक तथा राष्ट्रस्तरमा फरक प्रकारको शान्ति प्रक्रियामा अनुभवले योगदान गर्ने छ,’ नियोगको विज्ञप्तिमा भनिएको छ।
Another good news early in the morning. Nepal elected to the Organizational Committee of the UN Peace Building Commission. Nepal currently stands as the 5th largest troops and police contributing country to the UN peacekeeping. pic.twitter.com/cvJMacz182
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) December 22, 2018