PahiloPost

Jun 24, 2026 | १० असार २०८३

इपीएलको उत्कृष्ट खेलाडी रवी इन्दर सिंह



पहिलोपोस्ट

इपीएलको उत्कृष्ट खेलाडी रवी इन्दर सिंह

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग २०१८ को उत्कृष्ट खेलाडी भैरहवा ग्लाडिएटर्सका रवी इन्दर सिंह बनेका छन्। उनले एक थान टिभिएस मोटरबाइक प्राप्त गरे।

प्रतियोगिताको एक मात्र शतक प्रहार गरेका भारतीय खेलाडी रवी इन्दरले ८ खेलमा ३३७ रन प्रहार गरे। उनले एक शतक र एक अर्धशतक प्रहार गरे।

लिग चरणमा पोखरा विरुद्ध २१६ रनको लक्ष्य चेस गर्दै भैरहवालाई जिताउने क्रममा रवीले नटआउट १२५ रन बनाएका थिए।

उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहे। उनले दोस्रो स्थानमा रहेका चितवन टाइगर्सका दिपेन्द्र सिंह ऐरीको भन्दा १०६ रन बढी बनाए। दिपेन्द्रले ६ खेल खेल्दै २ अर्धशतकको मद्दतमा २३१ रन बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell