PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

कांग्रेसको स्थानीय तह: टोले कार्यसमितिदेखि पालिकासम्म, सदस्यहरुले सामाजिक सञ्जालमा पार्टीको प्रचार गर्नुपर्ने!



नेत्र तामाङ

कांग्रेसको स्थानीय तह: टोले कार्यसमितिदेखि पालिकासम्म, सदस्यहरुले सामाजिक सञ्जालमा पार्टीको प्रचार गर्नुपर्ने!

काठमाडौं: देश संघीयतामा गएसँगै विधान संशोधनका लागि जुटेको कांग्रेसले सन्त नेता कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्तीमा महासमितिमा विधान संशोधनका लागि प्रस्ताव पेश गरेको छ।

विधान संशोधन मस्यौदा समितिका संयोजक रहेका महामन्त्री पूर्णबहादुर खड्काले आज सानेपास्थित केन्द्रीय कार्यालयमा विधान संशोधनका लागि प्रस्ताव पेश गरेका हुन्।

विधान संशोधन प्रस्तावको शुरुमै स्थानीय तह संगठनको बारेमा उल्लेख गरिएको छ । परिच्छेद ३ मा स्थानीय तह संगठन शीर्ष दिएर टोल, गाउँपालिका र नगरपालिकाका वडा र नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका अधिवेशन र कार्यसमितिबारे उल्लेख गरेको छ।

टोल कार्यसमिति


वडा कार्यसमितिले आवश्यकताअनुसार नेपाली कांग्रेसको सदस्यबाट टोल कार्यसमिति गठन गर्नेछ।
टोल कार्यसमितिमा सभापति, उपसभापति, सचिवसहित बढीमा ११ सदस्य रहनेछन्।
टोल कार्यसमितिले आफ्नो क्षेत्रभित्रको मतदाताको विवरण राख्ने, माथिल्लो निकायमा प्रतिवेदन पठाउनेलगायतका काम गर्न सक्ने उल्लेख गरिएको छ।
टोल सभापतिलाई टोल कार्यसमिति र टोल सम्मेलनको निर्णय कार्यन्वयन गर्ने जिम्मेवारी तोकिएको छ।

गाउँपालिका वडा कार्यसमिति


गाउँपालिका वडा कार्यसमितिमा सभापति एक जना हुनेछन् भने उपसभापति, सचिव र उपसचिव दुईदुई जना हुने प्रस्ताव विधानमा गरिएको छ। कोषाध्यक्ष भने सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी सदस्यमा कम्तीमा तीन महिलासहित नौ जना प्रत्यक्ष निर्वाचित सदस्य रहनेछन्।


नगरपालिका वडा कार्यसमिति


नगरपालिका वडा कार्यसमितिमा सभापति एक जना हुनेछन् भने उपसभापति, सचिव र उपसचिव दुईदुई जना हुने प्रस्ताव विधानमा गरिएको छ। कोषाध्यक्ष भने सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी सदस्यमा कम्तीमा चार महिलासहित १२ जना प्रत्यक्ष निर्वाचित सदस्य रहनेछन्।


उपमहानगरपालिका वडा कार्यसमिति


उपमहा नगरपालिका वडा कार्यसमितिमा सभापति एक जना हुनेछन् भने उपसभापति, सचिव र उपसचिव दुईदुई जना हुने प्रस्ताव विधानमा गरिएको छ। कोषाध्यक्ष भने सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी सदस्यमा कम्तीमा पाँच महिलासहित १५ जना प्रत्यक्ष निर्वाचित सदस्य रहनेछन्।

महानगरपालिका वडा कार्यसमिति


महानगरपालिका वडा कार्यसमितिमा सभापति एक जना हुनेछन् भने उपसभापति, सचिव र उपसचिव दुईदुई जना हुने प्रस्ताव विधानमा गरिएको छ। कोषाध्यक्ष भने सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी सदस्यमा कम्तीमा ६ महिलासहित १८ जना प्रत्यक्ष निर्वाचित सदस्य रहनेछन्।

गाउँपालिका कार्यसमिति


गाउँपालिका कार्यसमितिमा सभापति एक जना हुनेछन् भने उपसभापति, सचिव र उपसचिव दुईदुई जना हुने प्रस्ताव विधानमा गरिएको छ। कोषाध्यक्ष भने सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी प्रत्येक वडाबाट कम्तीमा एक महिलासहित ३ जना सदस्य निर्वाचित हुनुपर्ने प्रस्ताव गरिएको छ।


नगर/उपमहानगर र महानगरपालिका कार्यसमिति


नगर÷उपमहानगर र महानगरपालिका कार्यसमितिमा सभापति एक जना हुनेछन् भने उपसभापति, सचिव र उपसचिव दुईदुई जना हुने प्रस्ताव विधानमा गरिएको छ। कोषाध्यक्ष भने सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी प्रत्येक वडाबाट कम्तीमा एक महिलासहित ३ जना सदस्य निर्वाचित हुनुपर्ने प्रस्ताव गरिएको छ।


समावेशी बनाउने प्रयत्न


टोल कार्यसमितिदेखि महानगरपालिका कार्य समितिसम्म सबैमा समावेशी प्रतिनिधित्व बनाउने प्रयास कांग्रेसले गरेको छ। विधान संशोधन प्रस्तावमा महिला, दलित, आदिवासी, जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाटसमेत हुने गरी कार्यसमितिमा समावेश गरिने उल्लेख गरिएको छ।

कार्यसम्पादन समिति, अधिवेशन र सम्मेलन


गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका वडा कार्यसम्पादन समितिमा कार्यसम्पादन समितिको व्यवस्था प्रस्ताव गरिएको छ। गाउँपालिका वडा कार्यसमितिको बैठक नभएको बेला वडा कार्यसम्पादन समितिलाई काम गर्ने अधिकार दिइएको छ।
यसैगरी गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा सम्मेलनको व्यवस्था गरिएको छ। गाउँपालिका र नगरपालिका कार्यसमितिले प्रत्येक ६ महिनामा गाउँपालिका सम्मेलन गर्नुपर्ने उल्लेख गरिएको छ।

 

काम, कर्तव्य र अधिकार

कांग्रेसले स्थानीय तहका सदस्यहरुलाई माथिल्लो निकायमा विवरण बुझाउनेदेिखि क्रियाशील सदस्यको सिफारिस गर्नेसम्मको काम र अधिकारको प्रस्ताव गरिएको छ। त्यसैगरी कांग्रेसले आफ्नो पार्टीको सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट व्यापक प्रचार गर्ने जिम्मेवारीसमेत स्थानीय कार्यसमितिका सदस्यहरुलाई दिने प्रस्ताव गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell