PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

विभागीय डर्बी फाइनलमा एपीएफलाई ३-२ सेटमा हराउँदै आर्मीले जित्यो राष्ट्रिय पुरुष लिग भलिबलको उपाधि



पहिलोपोस्ट

विभागीय डर्बी फाइनलमा एपीएफलाई ३-२ सेटमा हराउँदै आर्मीले जित्यो राष्ट्रिय पुरुष लिग भलिबलको उपाधि

कास्की : विभागीय टोली त्रिभुवन बर्मी क्लबले चौथो आरबिबी-एनभिए राष्ट्रिय पुरुष लिग भलिबलको उपाधि जितेको छ।

पोखरा रङ्गशालामा शनिवार भएको विभागीय डर्बी फाइनलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३-२ सेटले हराउँदै उपाधि जितेको हो।

च्याम्पियन आर्मीले नगद दुई लाखसहित शिल्ड, पदक तथा प्रमाणपत्र हात गर्‍यो। उपविजेता एपीएफले एक लाखमा चित्त बुझायो।

फाइनलको पहिलो सेट एपीएफले २५-१८ ले जितेपछि दोस्रो र तेस्रो सेट आर्मीले क्रमशः २५-१९ र २५-१८ ले आफ्नो पक्षमा पार्दै २-१ को अग्रता बनायो।

चौथो सेट एपीएफले २५-१८ ले जितेपछि खेल २-२ को रोमाञ्चक मोडमा पुगेको थियो। पाँचौ तथा निर्णायक सेट १७-१५ मा जित्दै आर्मीले उपाधि हात पारेको हो। आज नै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले रुपन्देहीको मणिमुकुन्द क्लबलाई सोझो सेटमा पराजित गर्‍यो।

प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको पुलिसले नगद ५० हजार प्राप्त गर्‍यो।

च्याम्पियन आर्मीका धनबहादुर भट्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले नगद रु २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। यसैगरी आर्मीका ईश्वर आले उत्कृष्ट लिब्रो, सशस्त्रका विजय थापा उत्कृष्ट ब्लकर, नेपाल प्रहरीका इम राना उत्कृष्ट सेटर, आर्मीका मानबहादुर श्रेष्ठ उत्कृष्ट स्पाइकर, नेपाल प्रहरीका कुलबहादुर थापा उत्कृष्ट सर्भर तथा आर्मीका कपिलकिशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षण घोषित भए। विधागत उत्कृष्ट सबैले पाँच हजार र प्रमाणपत्र प्राप्त गरे।

विजेता टिम, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिमिल्सिना, सदस्य राजेश गुरुङ, गण्डकी प्रदेशसभा सदस्य दीपक कोइराला, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, सङ्घका उपाध्यक्ष एवं कास्की जिल्ला खेलकूद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरे।

नेपाल भलिबल सङ्घको आयोजनामा पुस १ गतेदेखि भएको प्रतियोगितामा ८ क्लबले प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell