
स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले सेल्टा भिगोलाई २-० ले पराजित गर्दै २३ अंकको अग्रता कायमै राखेको छ।
घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुवै गोल बार्सिलोनाले पहिलो हाफमा गरेको हो। खेलको १०औँ मिनेटमा ओसमान डेम्बेले बार्सिलोनाको लागि पहिलो गोल गरे। कप्तान लियोनल मेसीले पहिलो हाफको अन्त्यतिर गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए।
जितपछि १७ खेलबाट ३७ अंक जोडेको बार्सिलोनाले एट्लेटिकोलाई ३ अंकले पछि पारेको छ। त्यसअघि एट्लेटिकोले स्पानयोललाई १-० ले पराजित गर्दै बार्सिलोनासँग अंक बराबरी गरेको थियो।
एट्लेटिकोलाई ३ अंक दिलाउन एन्टोनी ग्रिजमनले ५६औँ मिनेटमा पेनाल्टीमा गरेको गोल निर्णायक बनेको थियो।