
स्पानिस क्लबले रियल मड्रिडले फिफा क्लब विश्वकपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको छ।
युएईमा भएको क्लब विश्वकप २०१८ को फाइनलमा घरेलु क्लब अल अइनलाई ४-१ ले पराजित गर्दै रियलले कीर्तिमानी चौथो पटक उपाधि जितेको हो।
अबुधाबीस्थित जायद सिटी स्पोर्ट्स स्टेडियममा रियलका लागि लुका मोडरिच, मार्को लोरेन्टे र कप्तान सर्गियो रामोसले एक-एक गोल गरे।
अल अइनका याहय नादेरले एक आत्मघाती गोल उपहार दिए। त्यसअघि सुकासा सिओकानीले अल अइनका लागि एक गोल फर्काएका थिए।
२०१४ मा पहिलो पटक क्लब विश्वकप जितेको रियलले २०१६ देखि २०१८ सम्म लगातार तीन पटक जित्दै यस उपाधिमा ह्याट्रिक गर्ने पहिलो क्लब बनेको छ। यस्तै चार पटक उपाधि जित्ने पनि रियल पहिलो क्लब हो। सन् २०१३ मा जर्मन क्लब वायर्न म्युनिखका लागि यस उपाधि जितेका रियलका जर्मन खेलाडी टोनी क्रुसले ५ पटक क्लब विश्वकपको उपाधि जितेका छन्।
यस्तै रियलका गारेथ बेलले उत्कृष्ट खेलाडी हुँदै गोल्डेबल बल जितेका छन्। अल अइनका काएनले शिल्भर बल र रिभर प्लेटका सान्तोस बोरेले ब्रोन्ज बल जिते। रियलले पेइर प्लेको अवार्ड पनि पायो।What a trio! 😍
— #ClubWC 🏆 (@FIFAcom) December 22, 2018
🏴@GarethBale11: Scorer of the @ChampionsLeague final winner 🚲🚀
🇭🇷@lukamodric10: #TheBest FIFA Men's Player 🔝🌍
🇩🇪@ToniKroos: The winner of the most #ClubWC titles, with five 🏆🏆🏆🏆🏆 pic.twitter.com/cYQhg1T5fz