PahiloPost

Jun 24, 2026 | १० असार २०८३

गुडिरहेको मिनीट्रकबाट खस्दा भक्तपुरमा एक जनाको मृत्यु



पहिलोपोस्ट

भक्तपुरः गुडिरहेको मिनीट्रकबाट खसेर सूर्यविनायक नगरपालिका – ९ नंखेलका गणेश ब्याञ्जुको मृत्यु भएको छ।

अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिञ्चोकमा मिनीट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्याञ्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए।

प्रहरीले मिनीट्रक र चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनीष खायमलीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell