PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

प्राइम लाइफ इन्स्योरेन्सबाट जारी ६ सय ‘नक्कली बिमालेख’ भेटिए, तीन कर्मचारी पक्राउ



पहिलोपोस्ट

प्राइम लाइफ इन्स्योरेन्सबाट जारी ६ सय ‘नक्कली बिमालेख’ भेटिए, तीन कर्मचारी पक्राउ

काठमाडौँः प्राइम लाइफ इन्स्योरेन्सबाट जारी भएका करिब ६ सय बिमालेख नक्कली भएको भेटिएको छ। वैदेशिक रोजगारीको श्रम स्वीकृति लिनुपूर्व जारी भएका यस्ता बिमालेख नक्कली भएको फेला परेका हुन्।

बिमालेख नक्कली भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। तीन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्‍धानमा बिमा गरिएको रकम समेत कर्मचारीले आफ्नै खातामा राखेको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) का डिआइजी नीरज शाहीले प्राइमको नामबाट जारी भएका ५७४ जनाको बिमालेख नक्कली भएको खुलेको बताए। कम्पनीको नामबाट कर्मचारीले नै ठगी गरेको हुनसक्ने शाहीले बताए।

डिआइजी शाहीले भने, ’कम्पनीको नाममा ठगी भएको भेटिएको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।‘

व्यूरोको टोलीले नक्कली बिमा गरेको अभियोगमा प्राइमका कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। कम्पनीका कर्मचारी भोला पोखरेल, सुदीप खड्का, प्रकाश रेग्मी नियन्त्रणमा लिइएको हो। यस्तै प्रहरीले धुव्र रेग्मी र सिंहबहादुर लामालाई नियन्त्रणमा लिएको छ। लामा वैदेशिक रोजगार व्यवसायमा संलग्न छन्।

उनीहरूले बिमा गरिदिए बापत सेवाग्राहीबाट चार हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानमा देखिएको छ। उनीहरूले नक्कली बिमालेख बनाएर श्रम स्वीकृति समेत लिने गरेका थिए।

यसरी बिमा गराएकामध्ये अधिकांश विदेशमा रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell