PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

ए डिभिजन लिग : आशिष लामाको दुई गोलमा आर्मीमाथि एपीएफको शानदार जित



पहिलोपोस्ट

ए डिभिजन लिग : आशिष लामाको दुई गोलमा आर्मीमाथि एपीएफको शानदार जित
file photo

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सिजनको दोस्रो 'डिपार्टमेन्टल डर्बी'मा एपीएफले त्रिभुवन आर्मीलाई पराजित गरेको छ।

आशिष लामाले दुई गोल गरेपछि आइतवार एन्फा कम्प्लेक्स मैदानमा एपीएफले आर्मीलाई २-१ ले पराजित गरेको हो।

सिजनको पहिलो डिपार्टमेन्टल डर्बीमा आर्मीले नेपाल पुलिसलाई पराजित गरेको थियो।

सबै गोल दोस्रो हाफमा भएको खेलको ५७औँ मिनेटमा आशिष लामाले पहिलो गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए।

८६औँ मिनेटमा लामाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफले अग्रता दोब्बर बनायो। लगत्तै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई खेलमा फर्काउने प्रयास गरेपनि हार टार्न पर्याप्त भएन।

सिजनको दोस्रो हारपछि आर्मीको उपाधि होड औपचारिक रुपमै समाप्त भएको छ।  १० खेलबाट आर्मीको १८ अंक छ र शीर्ष स्थानको मनाङ भन्दा ९ अंकले पछि छ। अब बाँकी तीन खेल जितेपनि आर्मीले मनाङलाई भेट्टाउन सक्ने छैन।

आर्मी यसअघि मनाङ मर्स्याङ्दीसँग पराजित भएको थियो। त्यसपछि आर्मीले शीर्ष तीनमा रहने लक्ष्य बनाएको थियो। तर एपीएफसँग हारेपछि आर्मी चौथो स्थानमै यथावत छ र तेस्रो स्थानमो थ्री स्टार भन्दा ५ अंकले पछि ५।

उता सिजनको पाँचौ जित हात पारेको एपीएफ १६ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ। एपीएफले अंक तालिकामा अर्को डिपार्टमेन्टल टिम नेपाल पुलिसलाज्ञ एकले पछि पारेको छ।

पुलिस र मनाङबीच आजै दशौँ चरणको अन्तिम खेल हुँदैछ।

अंकतालिका:



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell