PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'रणवीर' मा सुशीलको नाच्ने प्रयास



पहिलोपोस्ट

'रणवीर' मा सुशीलको नाच्ने प्रयास

काठमाडौं : माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'रणवीर'को गीत सार्वजनिक गरिएको छ। फिल्मको  'तिरिमिरी तिरिमिरी तीन तारा'बोलको गीतमा राजन राज शिवाकोटी र अन्जु पन्तको स्वर छ।

राजनकै शब्द तथा संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुस्पा भट्ट फिचर्ड छन्।

सुशीलले गीतमा नृत्य गर्दा निकै रमाइलो भएको बताए। उनले भने 'मैले नाच्ने कोसिस गरेको छु। त्यति राम्रो डान्सर त होइन म, तर कोरियोग्रफारले दिनु भएको टास्कलाई पुरा गर्ने कोसिस गरेको छु।'

प्रेमकथामा बनेको फिल्ममा सुशील, शुभेच्छा र सुपुस्पासँगै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेललगायतको अभिनय छ।

फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्। फिल्ममा निर्देशक गोविन्दको  कथा, पटकथा र संवाद छ। फिल्ममा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell