PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कस्तो रह्यो सैफअली खानकी छोरी साराअली खानको बलिउड इन्ट्री?



पहिलोपोस्ट

कस्तो रह्यो सैफअली खानकी छोरी साराअली खानको बलिउड इन्ट्री?

'केदारनाथ' साराअली खानको डेब्यू फिल्म हो। पहिलो फिल्मबाटै साराको अभिनयको चर्चा सुरु भएको छ। बलिउडमा रुचाइएको कलाकार सुशान्त राजपुतसँग उनले फिल्ममा स्क्रिन सेयर गरेकी हुन्। उनी अभिनेता सैफ अली खानको पहिलो श्रीमती अमृता सिंहकी छोरी हुन्।

बाल्यकालदेखि नै आफू निकै फिल्मी रहेको बताउने सारा अभिनित 'केदारनाथ'ले  प्रदर्शनका क्रममा रजनीकान्त र अक्षय कुमारको 'टु पोइन्ट ओ'सँग प्रतिस्पर्धा गर्नुपर्‍यो। प्रदर्शनको तेश्रो सातामा आउँदा फिल्मले फेरी साहरुख खानको 'जिरो'सँग प्रतिस्पर्धा गर्नु परेको छ। यद्यपी हालसम्मको प्रदर्शनबाट फिल्मले राम्रो तारिफ कमाइरहेको छ र  सारा दर्शकमाझ स्थापित हुन सफल भएकी छिन्। 'केदारनाथ' डिसेम्बर ७ मा रिलिज भएको थियो।

केदारनाथबाट डेब्यु गरेकी सारालाई दर्शकहरुले छिट्टै पुन: स्क्रिनमा देख्न पाउने भएका छन्। साराको दोश्रो फिल्म प्रदर्शनको तयारीमा छ।

बलिउडका सफल निर्देशकका रुपमा रहेका रोहित सेट्टीले निर्देशन गरेको 'सिम्बा'मा साराले रणवीर सिंहसँग स्क्रिन सेयर गरेकी छिन्।

फिल्मको 'आँख मारे'बोलको गीत अहिले निकै चर्चित छ। रणवीर र साराको 'अन स्क्रिन जोडी'लाई दर्शकहरुले रुचाएको भारतीय संचार माध्यमले जनाएको छ।

फिल्मी परिवारमा हुर्केकी साराको दोश्रो फिल्मलाई दर्शकले कतिको रुचाउला त्यो त डिसेम्बर २८ मा थाहा हुनेछ। 

साराले बुवा सैफअली खान अभिनित लभ आजकलको सिक्वेलमा पनि अभिनय गर्ने बलिउडमा चर्चा छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell